
२१ भदौ, काठमाडौं । अमेरिकाबाट हुलाकमार्फत आएको गाँजासहित तीनजना पक्राउ परेका छन् ।
अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल शंकास्पद लागेपछि प्रहरीले खोलेर हेरेको थियो । त्यसक्रममा गाँजा जस्तो वस्तु देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार त्यसक्रममा पार्सल लिन २० भदौमा कार्यालय पुगेका काभ्रेका मनोजकुमार राई पक्राउ परेका थिए । राईलाई नक्सालका अंकितकुमार श्रेष्ठले सामान लिन पठाएको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पार्सल ल्याइदिए ३० हजार रुपैयाँ दिने अफर काठमाडौं–१७, खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीले गरेका थिए । सोही अनुसार विभिन्न मितिमा तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4