
२१ भदौ, काठमाडौं । बजार थ्री ह्विलर्सको वितरक कम्पनी हंसराजहुलास चन्द्र एण्ड कम्पनीले चाडपर्व लक्षित छुट योजना घोषणा गरेको छ ।
‘यसपालीको चाड, उपहारसँगै स्वरोजगार’ छुट अभियानमा बजाज री बीस ६ र बजार म्याक्सिमा सी को खरिदमा ३२ इन्चको हिमस्टार लिड स्मार्ट वा सामसङ एफ २२ स्मार्ट फोन पाइने छ ।
चाडपर्वका अवसरमा ग्राहकमाझ अभियान सुरु गर्न पाउँदा गर्व लागेको हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले बताए ।
उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू ग्राहकहरूलाई प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको पनि उनले बताए ।
कम्पनीको लक्ष्यले मानिसहरूलाई आफ्नै देशमा तीन पांग्रेमार्फत स्वरोजगार बन्न प्रेरणा दिनेपनि गोल्छाको भनाइ छ । उपहार योजना सीमित अवधिका लागि मात्रै मान्य हुने पनि कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4