
काठमाडौं । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड सहयोग गरेको छ ।
बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे । संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकले पाथीभरा क्षेत्र विकास समितिलाई उक्त सहयोग हस्तान्तरण गरेको जनाएको छ ।
पाथीभरा मन्दिर दर्शनका लागि जाने भक्तजनहरुलाई शौचालयको सुविधा पुर्याउने उद्देश्यका साथ तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी सहयोग गरिएको नेपालले बताए । यस्तै मन्दिर यात्राको क्रममा सामाजिक सूचना दिन सहज होस् भन्ने हतुले डिजिटल स्क्रोलिङ बोर्ड पनि हस्तान्तसण गरिएको उनले बताए ।
बैंकले झापाको चारआलीमा रहेको पाथीभरा मन्दिरलाई पनि डिजिटल स्क्रोलिङ बोर्ड सहयोग गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4