
२२ भदौ, कपिलवस्तु । कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारामा गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उनकी ४८ वर्षीया भाउजू राधा घाइते भएकी छन् ।
भट्टराईले चलाएको लु २९ प ४०४२ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी सवा ७ बजे गाईसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भट्टराईको चारनम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी चितवनको राप्ती नगरपालिका ९ पिङटोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार ४६ वर्षीय राजकुमार तामाङ घाइते भएका भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4