
२२, भदौ, चितवन । चितवनको भरतपुरको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा.विश्वबन्धु बगाले नियुक्त भएका छन् ।
मेसु डा.कृष्णप्रसाद पौडेललाई हटाएर स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ औं तहका चिकित्सक डा.बगालेलाई पठाएका हुन् ।
डा.बगाले मेसु समूहमा नै कार्यरत चिकित्सक हुन् । उनी यसअघि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा कार्यरत थिए । उनले रत्ननगर बकुलहर अस्पतालको मेसु भएर लामो समय काम गरेका थिए ।
बगालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4