+
+

‘तेस्रो टीबीसी जब फेयर’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १४:३७

काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको हो ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिएका थिए । उक्त अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डीजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रालि एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए ।

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए भने फ्रक्स जबका सीईओ बिमल कँडेलले कार्यक्रमबारे स्पष्ट पारेका थिए ।

कलेजका अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो । कार्यक्रमको अन्त्यमा आउने दिनमा आयोजित हुने जब फेयरलाई थप सफल बनाउन प्रतिक्रिया र सुझाव समेत संकल गरिएको कलेजले जनाएको छ ।

कलेजका एसोसियट डिन अफ क्वालिटी एण्ड एसुरेन्स एमलाल चन्द्र राजभण्डारीले कार्यक्रमको समापन गर्दै विभिन्न कम्पनीका प्रतिनिधिहरुलाई मायाको चिन्हो प्रदान गरे ।

कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए ।

कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले टीबीसीले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रमले विद्यार्थीहरुलाई उत्कृष्ट अवसर प्रदान गर्दै आइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?