
२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को आलोचना र रक्षा दुवै गर्दै आएको बताएका बताएका छन् ।
बुधबार पार्टी निकट अखिल क्रान्तिकारीले चुनाव लक्षित फोर्स घोषणा गर्ने कार्यक्रममा उनले सही नेतृत्व र नीतिको मात्रै सर्मथन गनुपर्ने बताए।
‘अध्यक्षको सबैभन्दा कडा आलोचक मै हुँ,’ उनले कार्यक्रममा भने, ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ। नेतृत्वको कमजोरीको आलोचना गनुर्पछ । म त अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’
नेतृत्वले गलत गर्दा आलोचना गर्नुपर्ने भन्दै विद्यार्थीहरुलाई जनार्दनले भने, ‘तपाईंहरुले पनि अध्यक्ष पञ्चाको कमजोरी गर्दा आलोचना गर्नुहोला। आलोचनाले नेतृत्वको रक्षा हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4