+

साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० ले हरायो

२०७९ भदौ  २२ गते १५:०३ २०७९ भदौ २२ गते १५:०३
साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० ले हरायो

२२ भदौ, काठमाडौं ।  साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३-०ले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

२१ औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको बललाई कप्तान मारियाले आफ्नै पोष्टमा गोल गरेकी हुन् ।

त्यसको २ मिनेटमा नै भारतकी ग्रेस डाङ्मीले अन्जु तामाङको पासमा पहिलो बारमा गोल गरिन् र  भारतलाई पहिलो हाफमा २-० को अग्रता दिलाइन् ।

भारतको लागि सोमिया गुगुलोथले इन्जुरी समयमा गोल गर्दै भारतलाई ३-० को जित दिलाईन् । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले दोस्रो हाफमा केही चलायमान देखिए पनि गोल भने गर्न सकेन ।

साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय