
२२ भदौ, दाङ । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।
ट्राफिक प्रहरी प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज (बुधबार) दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।
ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए । ट्रक पल्टिएपछि अहिले बाटो अबरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4