
फाइल तस्वीर
२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो ।
आचार्यका अनुसार क्यासिनोले जरिबाना बाहेकको मात्रै रकम तिरेको हो । जरिबानाको हिसाब भइरहेको र सञ्चालकले तिर्ने बताएको उनले बताए ।
१९ भदौमा काठमाडौं महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो । म्यारियटबाहेक अन्य होटलहरुले भने अहिलेसम्म तिरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4