
काठमाडौं । सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा पुस्तान्तर र विदेशिने सपनाले परिवार, विवाह र सम्बन्धमा पारेको असरको कथा समेटिएको छ ।
कुनैबेला नेपाल टेलिभिजनको चर्चित हास्यश्रृंखलाकै शीर्षक, निर्माता र कलाकारलाई लिएर बनाइएको फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।
सन्तोषसहित फिल्ममा रमा थपलियाको प्रमुख भूमिका छ । टीभी सिरिजमा समेत सन्तोष र रमाले अनस्क्रिन कपलको भूमिका चित्रण गरेका थिए । केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रीमा विश्वकर्मा, जयन्द लामा लगायतको प्रमुख भूमिका रहेको फिल्मलाई सोसल र कमेडी ड्रामा जनरामा राखिएको छ ।
फिल्म असोज २८ गते देशव्यापी प्रदर्शनको तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4