
काठमाडौं । रुसले दुई प्रतिष्ठित हलिउड अभिनेतालाई स्थायी रुपमै आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्धको यो सूचीमा अभिनेताहरु बेन स्टिलर र सिन पेन छन् ।
मस्कोको प्रतिबन्ध सूचीमा यसअघि हलिउड स्टार मोर्गन फ्रिम्यान, अमेरिकी राष्ट्रपति जो बाइडनदेखि बेलायती प्रधानमन्त्रीबाट हट्ने तयारीमा रहेका बोरिस जोन्सनसम्म छन् ।
युक्रेन युद्ध सुरु भएपछि रुस र पश्चिमा मुलुकहरुले एकअर्कालाई प्रतिबन्ध लगाउने क्रम जारी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पश्चिमा मुलुकले प्रतिबन्ध लगाएका छन् ।
सोमबार रुसको विदेश मन्त्रालयले स्थायी रुपमै मुलुक प्रवेशमा प्रतिबन्ध लगाइएका २५ जना उच्च ओहोदाका अमेरिकी अधिकारी, व्यावसायिक व्यक्ति र अभिनेताको नाम सार्वजनिक गरेको थियो ।
हलिउड अभिनेताद्वय स्टिलर र पेन युक्रेनमा हमला गर्ने रुसी कदमका कटट्र आलोचक हुन् भने आक्रमणयता उनीहरु किभमा पनि पुगेका छन् ।
प्रतिक्रिया 4