+

साफ महिला च्याम्पियनसिपः सबिनाको २ गोलमा बंगलादेशको सहज जित

२०७९ भदौ  २२ गते १९:३३ २०७९ भदौ २२ गते १९:३३
साफ महिला च्याम्पियनसिपः सबिनाको २ गोलमा बंगलादेशको सहज जित

२२ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत माल्दिभ्ससँगको खेलमा बंगलादेश ३–०ले विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको सुरुआतदेखि माल्दिभ्समाथि बलियो पकड बनाएको बंगलादेशले खाता भने ३३औं मिनेटमा खोलेको थियो । ३३औं मिनेटमा सबिना खातुनले करिब ३० यार्डको दुरीबाट गोल गरिन् ।

त्यसको अर्को मिनेटमा मासुर प्राविनले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । प्राविनाले माल्दिभ्सकी डिफेन्डरलाई छक्काउँदै गर्दै गोल गरिन् ।

सविनाले नै ४०औं मिनेटमा गोल गर्दै बंगलादेशको अग्रतालाई ३–० बनाइन् । ८१ औं मिनेटमा सबिनाले गरेको गोल भने अफ साइट घोषित भएको हो । यसअघि समूह एकै अर्को खेलमा भारतले पाकिस्तानलाई ३-०ले पराजित गरेको थियो ।

साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय