
२२ भदौ, काठमाडौं । प्रनिनिधिसभा र प्रदेशकाको क्षेत्रको बाडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको कार्यदल बैठकले प्रतिवेदनलाई अन्तिमरुप दिएको नेताहरुले बताएका छन् । तर, सिट संख्या तोक्ने जिम्मा भने शीर्ष नेताहरुलाई छाडिदिएको उनीहरुको भनाइ छ।
कार्यदलमा रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिवेदन करिब टुंगिएको र भोलि बिहान फेरि बसेर शीष नेतृत्वलाई बुझाउने बताए।
‘हामीले प्रतिवेदन आज करिब टुंग्यौं, हामी भोलि बिहान बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएर दिउँसो बुझाउँछौं,’ उनले भने ।
गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा दाबी गर्दै आएको छ।
पुनले दलहरुले पाउने संख्या भने भोलि शीर्ष नेतृत्वसँग टुंग्याउने बताए। सरकारका प्रवक्ता एवम् कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल सहमति नजिक पुगेको बताए ।
प्रतिक्रिया 4