
२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र सल्यानले एक मात्र संघीय क्षेत्रका लागि दुई जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्यद्वय टेकबहादुर बस्नेत र रमेश मल्ल छन् ।
बस्नेत सल्यानका यसअघिका पनि सांसद हुन । मल्ल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत हुन । उनी अलिख क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुन ।
संघीय क्षेत्रकै लागि समानुपातिकमा कमल विक, दिलमाया बुढामगर र रत्नवबहादुर वलीको नाम सिफारिस भएको छ।
प्रदेशसभा ‘क’ तर्फ भीमप्रकाश शर्मा र प्रदेशसभा ‘ख’ तर्फ चित्रबहादुर केसीको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4