+
+

युनाइटेड सिमेन्टद्वारा धुनीबेसी-९ को वडा कार्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १४:११

काठमाडौं । युनाइटेड सिमेन्ट प्रालिले धादिङको धुनीबेसी नगरपालिका-९ को वडा कार्यालयलाई कम्प्युटर, टेबल, कुर्सी लगायतका सामग्री सहयोग गरेको छ ।

बुधबार नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच १० थान कम्प्युटर, १५ थान सिलाइ मेसिन, टेबल तथा कुर्सी सहयोग गरेको कम्पनीले जनाएको छ ।

सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उतरदायित्व (सीएसआर) बहन गर्दै वडा कार्यालयलाई सहयोग गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्षेत्रमा समाजलाई सहयोग गर्दै आएको बताए । कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेंट्सको उक्त कार्य एकदमै प्रसंशनीय रहेको बताए ।

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्टले विगत ७ वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?