
२३ भदौ, काठमाडौं । सरकारले थप दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।
भारतको सिलुगुडीदेखि झापाको चारआली र बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो ।
अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० कलिोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
हाल भारतको मोतिहारीदेखि आमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलाइन सञ्चालनमा छ । सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छ ।
यस्तै सिलुगुडीदेखि चारआलीम्मको पाइपलाइन विस्तार दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हुनेछ । पूर्व क्षेत्रको पेट्रोलियम वितरणमा यो पाइपलाइन महत्वपूर्ण हुने आयल निगमको दावी छ । तर, विद्युतीय खपत बढीरहेको र नेपाल आयल निगम वित्तीय रुपमा संकट रहेका बेला महँगो पूर्वाधारमा लगानी गर्नु उपयुक्त नरहेको जानकारहरु बताउँछन्।
प्रतिक्रिया 4