+
+

सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १७:४२

२३ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ ।

कोषले केही समययतादेखि अनिकाल परिरहेकाले सोमालियाका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो ।

सोमालियाका लागि संयुक्त राष्ट्रसंघीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले भने, ‘यहाँका बालबालिकामा अहिले पनि कुपोषणको समस्या देखिएको छ । केही समय यतादेखि खाद्यान्नको अभाव रहेको र यही अनिकालका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या थप बढ्न सक्ने देखिएको छ ।’

कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो संख्या सोमालियाका पाँच वर्षमुनिका बालबालिकाको संख्याको करिब आधाजति नै हो । कुपोषण देखा परेका बालबालिकाको संख्यामध्ये करिब चार लाख बालबालिकालाई अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था छ ।

पाँच वर्षमुनिका बालबालिकाको संख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रुपमा हेर्नुपर्ने अवस्था रहेको पनि अब्देलतेफले बताए ।

यो वर्तमान अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठूलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । गएको जनवरीदेखि यतासम्मको तथ्याङ्कमा यहाँका सात सय ३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममा नै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?