+
+

महानगरको दाबी : सडक र ट्रान्सफर स्टेसनको सबै फोहोर उठ्यो

भोलिदेखि फोहोर नउठाउने ठेकदारमाथि कारवाही

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते २०:००

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट सडक र अन्य स्थानमा थुप्रिएको सबै फोहोर उठेको महानगरपालिकाले दाबी गरेको छ । काठमाडौंमा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को सचिवालय अनुसार आज टेकुको सबै फोहोर उठेपछि काठमाडौंमा उठ्न बाँकी फोहोर सकिएको हो ।

‘आजबाट काठमाडौंमा उठ्न बाँकी फोहोर छैन । महानगर भरि थुप्रिएको फोहोर सबै उठेपछि उठाउन बाँकी छैन । आजदेखि टेकुमा पनि कुनै फोहोर छैन,’ सचिवालय सदस्य इन्जिनियर सुनिल लम्सालले भने, ‘टेकु प्लान्टमा ईतिहासमै दोस्रो चोटी फोहोर शून्य भएको हो । अब यसलाई निरन्तरता दिन्छौं ।’

सचिवालय सदस्य लम्सालका अनुसार महानगरले भोलिदेखि फोहोर नउठाउने ठेकेदारहरुलाई कारवाही गर्ने प्रक्रिया सूरु गर्ने भएको छ । ‘विभिन्न बहाना देखाएर भोलिबाट फोहोर नउठेमा महानगरले कडा कारवाही गर्छ । फोहोर स्टक नरहेकोले अब स्रोतमै फोहोरको वर्गीकरण पनि प्रभावकारी हुने अपेक्षा गरेका छौं,’ लम्सालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?