
२३ भदौ, काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न बाँकी रहे पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको हो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने बताए । कार्यदलमा संख्याबारे चित्त नबुझाएका जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रबारको बैठकबाट मात्रै निर्णायक टुंगो लाग्ने अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4