+

सीप्यान अवार्ड आज, चार विधामा पुरस्कार दिइँदै

२०७९ भदौ  २४ गते ९:५२ २०७९ भदौ २४ गते ९:५२
सीप्यान अवार्ड आज, चार विधामा पुरस्कार दिइँदै

२४ भदाै, काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघले आज सीप्यान क्रिकेट अवार्डकाे दाेस्राे संस्करण आयाेजना गर्दैछ। काठमाडौंमा शुक्रबार साँझ हुने अवार्ड समाराेहमा विभिन्न चार विधामा खेलाडी तथा टिमलाई पुरस्कृत गरिनेछ ।

यसपल्ट वर्षकाे उत्कृष्ट पुरुष र महिला खेलाडी तथा वर्षकाे उत्कृष्ट उदयीमान खेलाडीलाई सीप्यान अवार्ड दिइनेछ। त्यस्तै माेमेन्ट अफ द इयर नामक अवार्डबाट व्यक्तिगत रुपमा खेलाडी वा टिम पुरस्कृत हुनेछ । याे विधा समर्थककाे मतका आधारमा घोषणा गरिनेछ।

सीप्यानले सन् २०१९मा अवार्डकाे पहिलाे संस्करण आयाेजना गरेकाे थियाे । काेराेना महामारीका कारण दाेस्राे संस्करण गर्न तीन वर्ष लाग्याे ।

यो संस्करणमा पछिल्लो दुई वर्षको प्रदर्शनको आधारमा खेलाडीको मूल्यांकन गरिनेछ ।

वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी तथा माेमेन्ट अफ द इयरकाे विजेताले १ लाख ३२ हजार पुरस्कार पाउनेछन् भने उदीयमान विधाका विजेताले ६६ हजार रुपैयाँ पुरस्कार पाउनेछन्

सीप्यान अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय