
काठमाडौं । ड्वायन जोन्सन स्टारर हलिउडको प्रतीक्षित डीसी कमिक्स सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
‘ब्याटगर्ल’जस्ता चर्चित फिल्मको निर्माण नै स्थगन गरेको वार्नर ब्रोजका लागि ‘ब्ल्याक एडम’लाई महत्वपूर्ण मानिएको छ । फिल्मको अघिल्लो ट्रेलरमा हामीले आकाशमा भएको विस्फोटक लडाइँका दृश्य देखेका थियौं ।
दोस्रो ट्रेलरमा भने ब्ल्याक एडमको अविश्वसनीय शक्ति प्रदर्शन र छोराको दुःखद् मृत्युपछि उक्त चरित्रमा आउने विचलनलाई चित्रण गरिएको छ । साथै, नैतिक रुपमा अस्पष्ट एन्टी-हिरोको रुपमा पनि प्रस्तुत छ ।
नयाँ ट्रेलरमा ‘द सुसाइड स्क्वाड’ फेम्ड भायोला डेभिस र अमान्डा वारलाई देखाइएको छ । डीसी कमिक्सका दुई सुपरहिरो फिल्म जेम्स वानको ‘आक्वाम्यान’ र ‘द लस्ट किङ्डम’को प्रदर्शन मिति पोस्टपोन्ड भएसँगै ‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर रिलिज भएको हो ।
यो फिल्म कात्तिक ४ गते रिलिज हुनेछ ।
प्रतिक्रिया 4