
२४ भदौ, काठमाडौं । आज (शुक्रबार) दिउँसो काठमाडौं उपत्यकामा परेको पानीले केही सडक जलमग्न भए ।
सामान्य झरीमा नै काठमाडौंका होचा ठाउँमा सडक जलमग्न हुने गरेका छ । पानीको निकासको उचित व्यवस्था नभएकाले यसरी सडक जलमग्न हुन्छन् ।
जसको असर पैदल यात्रुलाई मात्र होइन, सवारी साधनलाई पनि पर्छ । पानी पर्यो कि सडकमा ट्राफिक जाम हुन्छ ।
आज माइतीघर मण्डला आसपासको सडकमा पानीको निकास फोहोरले टालिएपछि पानी जमेको थियो । काठमाडौं महानगरपालिकाको टोली र ट्राफिक प्रहरीले पानी जाने निकास सफा गरेपछि मात्र यातायात सहज भएको छ ।
तस्वीरहरु हेर्नुहोस् :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4