
२४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।
लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् ।
राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4