
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले एक सातामै नेपाली बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा बिहीबार बेलुकासम्म ‘झिंगेदाउ’को कमाइ १ करोड ३० लाख रुपैयाँ ग्रस उल्लेख छ ।
बक्स अफिस सर्भर जडान नभएका केही हलको कमाइलाई समेत जोड्दा केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्मको पहिलो साताको कमाइ झण्डै १ करोड ४० लाख रुपैयाँ ग्रस हुन आउँछ ।
‘झिंगेदाउ’को यो कमाइ यस वर्ष ‘कबड्डी ४’ पछिकै उच्च हो । बलियो वर्ड अफ माउथको कारण यो फिल्मले दोस्रो साता पनि राम्रै कमाइ गर्ने अपेक्षा छ । सिंगल र मल्टिप्लेक्स हलका दुवैथरी दर्शकलाई ‘झिंगेदाउ’ले आकर्षित गरिरहेको छ ।
यसैबीच, तेस्रो सातामा प्रदर्शन भइरहेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को बिहीबारसम्मको कमाइ १ करोड १८ लाख रुपैयाँ ग्रस उल्लेख छ । ‘सम्हालिन्छ कहिले मन’ले भने आफूलाई बक्स अफिस दौडमा अपेक्षित रुपमा अघि बढाउन सकेन ।
प्रतिक्रिया 4