
२४ भदौ, बुटवल । सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न बुटवल उपमहानगरपालिकाले तीन दिनको अल्टिमेटम दिएको छ ।
उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको म्याद दिएको हो ।
उपमहानगरका अधिकृत डोलराज पौडेलले जारी गरेको हस्ताक्षरित सूचनामा सडकको पेटी, चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरु राखेर अवरोध गर्ने गरेको देखिएकोले ३ दिनभित्र खाली गर्न अनुरोध गरिएको छ ।
समय सीमाभित्र खाली नगरे उपमहानगरले डोजर प्रयोग गरेर खाली गर्ने प्रवक्ता शिव रानाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4