
२४ भदौ, काठमाडौं । शीर्ष नेताहरुको कार्यव्यस्ताका कारण सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्न सकेन । अब भोलि शनिबार ४ बजे बैठक बस्ने नेताहरुले बताएका छन् ।
सिट बाँडफाँट टुंगो लगाउन शुक्रबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुको बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा सहभागी हुन जानुपर्ने थियो भने गृह जिल्ला रौतहट पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आइपुगेनन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर जानुपर्ने भएपछि बालुवाटारमा पुगेका नेताहरु भोलि शनिबार बस्ने गरेर नेताहरु उठेका एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4