+
+

नेपालमा ग्रीन इन्फ्रास्ट्रक्चरमा लगानीको सम्भावना उच्च छ : लगानी बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १४:४५

२४ भदौ, काठमाडौं । नेपालमा ग्रीन इन्फ्रास्ट्रक्चरमा लगानीको सम्भावना उच्च रहेको लगानी बोर्डले बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को दोस्रो दिन शुक्रबार नेपालमा लगानीको वातावरणबारे लगानी बोर्डले प्रस्तुति दिएको हो ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले परियोजनासँग सबै निकायबाट सहज रुपमा सहजिकरण भइरहेको बताए । ‘हाम्रोमा कुनै पनि लगानीकर्ताप्रति भेदभाव छैन । लगानीकर्ताले आफूले परियोजनाबाट आर्जन गरेको कमाइ सहजै लिनसक्ने अवस्था छ । त्यस्तै लोकल फाइनान्सिङको पनि कुनै समस्या छैन’ उनले भने ।

नेपालमा सहरी यातायात व्यवस्थापनमा बढ्दो चुनौतीसँगै अवसर पनि बढेको उनले बताए । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनलाई बढी प्रोत्साहन गरिएको समेत उनको भनाइ थियो । ‘यो समय ग्रीन प्रोजेक्टको हो । यो क्षेत्रमा हाम्रो देशमा अथाह सम्भावना छ । लगानी बोर्डले पनि यसमा जोड दिँदै आएको छ’ उनले भने ।

नेपालमा हालसम्मको विदेशी लगानीको अवस्था र सम्भावनाबारे प्रस्तुति दिंदै लगानी बोर्डका कन्सल्टेन्ट प्रज्ञा अधिकारी र अक्षित पौडेलले नेपालमा हालसम्म भएका वैदेशिक लगानीको अवस्थाबारे जानकारी दिए ।

देशभर ग्रीन इन्फ्रास्ट्रक्चरको रुपमा १० ठूला परियोजना लगानी बोर्डले सहजीकरण गरिरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ९०० मेगावाटको अप्पर कर्णाली जलविद्युत् आयोजना, ३५० मेगावाटको ग्रीड कनेक्टेड सोलार प्रोजेक्ट, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, २५० मेगावाटको सोलार प्रोजेक्ट, २१६ मेगावाटको माथिल्लो त्रिशुली १, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत्, भेञ्चर वेस्ट टू इनर्जी (परीक्षण), ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना, ९०० मेगावाटको अरुण तेस्रो र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी निर्माणाधीन छन् ।

ऊर्जा अन्तर्गत जलविद्युत्, वायु ऊर्जा, सौर्य ऊर्जा, बायोमास र जिओथर्मलमा लगानी गर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै यातायातको क्षेत्रमा रेलमार्ग, द्रुतमार्ग, सुरुङमार्ग, केबलकार, बस र्‍यापिट ट्रान्जिट र फ्लाइओभरमा समेत लगानीको सम्भावना रहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?