+

ऐतिहासिक जितसहित भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२०७९ भदौ  २४ गते २०:०० २०७९ भदौ २४ गते २०:००
ऐतिहासिक जितसहित भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२४ भदौ, काठमाडौं । ऐतिहासिक जितसहित भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

भुटानको महिला फुटबलको इतिहासमै पहिलो जित दर्ता गर्ने क्रममा दशरथ रंगशालामा श्रीलंकालाई ५-० को फराकिलो अन्तरले हरायो ।

सन् २०१० को पहिलो साफमा श्रीलंकासँग १-१ को बराबरी खेलेको भुटानले त्यसअघिका र पछिका सबै खेल हार्दै आएको थियो ।

दशरथ रंगशालामा भएको खेलमा भुटानलाई जिताउने क्रममा लाजोम डिकीले २ तथा डेमा नम्गेल, छिरिङ लादेन र छिरिङ याङ्देन १-१ गोल गरे । भुटानले यसअघि साफ च्याम्पियनसिपको कुनै पनि खेलमा क्लिनसिट राख्न सकेको थिएन ।

यो समूहअब नेपालले सोमबार श्रीलंकासँग खेल्ने छ । श्रीलंकासँगको खेल २ गोलको अन्तरले हारे पनि नेपाल फाइनलमा पुग्ने छ । श्रीलंकालाई भने सेमिफाइनलमा पुग्न नेपालमाथि ४ गोल अन्तरको जीत आवश्यक छ ।

साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय