+
+

कांग्रेस मधेश प्रदेश समितिले अफ्ताब आलमको नाम सिफारिस गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते ९:२१

२६ भदौ, काठमाडौं ।नेपाली कांग्रेसको प्रदेश कमिटीले पनि अफ्ताब आलमको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो। क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए।

प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको नाम पनि सिफारिस गर्ने भएको छ । क्षेत्रीय समितिले सिफारिस गरे पनि जिल्ला समितिले यादवको नाम काटेर प्रदेशमा पठाएको थियो।

यस्तै, सर्लाही-४ बाट सिफारिसमा नपरेका अमरेशकुमार सिंहको नाममा रायसहित केन्द्रमा नाम पठाउन लागिएको गुप्ताले जानकारी दिए।

आलम जिउँदा मान्छेलाई इँटाभट्टामा हालेको आरोपमा अहिल पुर्पक्षका लागि जेलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?