+

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

२०७९ भदौ  २६ गते ११:२४ २०७९ भदौ २६ गते ११:२४
बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

२६ भदौ, काठमाडौं । दर्शकको स्वास्थ्यमा समस्या आउँदा झण्डै एक घण्टा रोकिएको खेलमा बार्सिलोनाले क्याडिजलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोना यस सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लेको हो । लगातार चौथो जितपछि बार्सिलोनाले पाँच खेलबाट १३ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियल मड्रिडलाई बार्सिलोनाले एक अंकले पछि पारेको छ । काडिजको मैदानमा भएको खेलमा बार्सिलोनाले सबै चार गोल दोस्रो हाफमा गरेको थियो ।

तर अन्तिम दश मिनेट बाँकी रहँदा दर्शकको स्वास्थ्यमा समस्या देखिएपछि खेल करिब ५० मिनेट रोकियो । बार्सिलोनाका लागि फ्रेन्की डे जोङले ५५औं र रोवर्ट लेवान्डोस्कीले ६५औं मिनेटमा गोल गर्दै दुई गोलको अग्रता दिलाएका थिए ।

अग्रता लिइरहेका बेला दर्शको स्वास्थयमा समस्या आयो । काडिजका गोलकिपर जेरेमियस लेडेसम मेडिकल किट लिएर दौडँदै दर्शकदिर्घातिर गए र उनले यसलाई स्ट्यान्डतिर पुर्‍याए । त्यसपछि दुवै टिम ड्रेसिङ रुपममा गए । खेल पुन: सुरु भएपछि बार्सिलोनाले दुई गोल थप्यो ।

अंशु फातीले ८६औं र उसमान डेम्बेलेले इन्जुरी टाइममा गोल थपे । ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४-१ ले पराजित गर्दा सेभियाले स्पानयोललाई ३-२ ले पराजित गर्‍यो ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय