
२६ भदौ, दाङ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महरा सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरा, रेखा शर्मा र निर्मल आचार्यलाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड)ले जानकारी दिए ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए । रेखा शर्मा समानुपातिकबाट सांसद बनेकी थिइन् । आचार्य हाल दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् ।
दाङ क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ ।
योसँगै निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिएको छ । ०७४ को चुनावमा भने दुवै जना साझा बाम गठबन्धनका उम्मेदवार बनेर चुनाव लडेका थिए ।
प्रतिक्रिया 4