
काठमाडौं । दुई साता लामो चम्किलो इभेन्ट अनि ‘डन्ट वरी डार्लिङ्स’ विवादसँगै भेनिस फिल्म फेस्टिभल २०२२ को संस्करण सम्पन्न भएको छ । अगस्ट ३१ देखि सुरु भएको भेनिसको ३१ औं संस्करण फिल्महरुलाई पुरस्कृत गदै गएराति सकिएको हो ।
१० दिन लामो फेस्टिभलमा ‘डन्ट वरी डार्लिङ’, ‘ह्वाइट नोइज’ र ‘ब्लन्डी’जस्ता चर्चित फिल्महरु प्रिमियर गरियो । यसपटक हलिउड कलाकार जुलियन मुर्रेको नेतृत्वमा निर्णायक थिए ।
यसपटक भेनिसमा अमेरिकी फोटोग्राफर नान गोल्डिनको डकुमेन्ट्री ‘अल द ब्युटी एण्ड द ब्लडसेट’ विजयी भयो । भेनिसको ७९ वर्ष लामो इतिहासमा दोस्रोपटक उत्कृष्ट फिल्मको सम्मान डकुमेन्ट्रीले जितेको हो ।
उक्त डकुमेन्ट्रीले शीर्ष पुरस्कार गोल्डेन लायन जित्यो । जाफर पनाहीको ‘नो बियर्स’ले ग्रान्ड जुरी पुरस्कार जित्यो । फिल्म ‘टार’बाट केट ब्लान्चेट उत्कृष्ट बनिन् ।
‘द बसिन्ज अफ इन्सिरिन’बाट कलिन फरेल उत्कृष्ट अभिनेता बने । ‘बोन्स एन्ड अल’बाट लुका गुआडाग्निनो उत्कृष्ट निर्देशक बने । ‘द बसिन्ज अफ इन्सिरिन’बाट मार्टिन म्याकडोनागले उत्कृष्ट पटकथा जिते ।
भेनिस रेडकार्पेट र फेसनले पनि चर्चामा रहन्छ ।
प्रतिक्रिया 4