
काठमाडौं । बलिउड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ‘इश्क पश्मिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता भाविन भानुशाली र अभिनेत्री मालती चाहरको मुख्य भूमिका रहेको फिल्म इश्क पश्मीनाको ट्रेलर आकर्षक लाग्छ ।
भाविन र मालतीको यो डेब्यु फिल्म हो । भाविन भारतका लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दीपक चाहरकी बहिनी हुन् ।
भारतको सिमलामा छायांकन गरिएको फिल्मले ९० को दशकको झल्को दिन्छ । निर्माता सुरजसुरज मिश्राका अनुसार यो फिल्म प्रेमकथामा आधारित छ । अभिनेत्री मालतीले कथाले युवापुस्ताको मन छुने बताइन् ।
फिल्मको निर्देशन अरविन्द पाण्डेले गरेका हुन् । ‘इश्क पश्मिना’ सेप्टेम्बर २३ देखि नेपाल र भारतमा प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4