
२६ भदौ, वीरगञ्ज । पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ ।
पर्साको पर्सागढी नगरपलिका वडा नं. ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् ।
बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ ।
प्रभु हस्प्टिलको सञ्चालिका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, एनेस्थेसिया तर्फका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झाको टिमले शल्यक्रिया गरेर बच्चा निकालेको थियो ।
उनले १० वर्षअघि वृज चौधरी थारुसँग विवाह गरेकी थिइन् । विभिन्न अस्पताल चाहारेपनि १० वर्षसम्म चौधरी दम्पतीको कुनै सन्तान हुन सकेन । आईभीएफ प्रविधिबाट गर्भ राखिएको थियो ।
आमा तथा तीनवटै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर थापाले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4