
काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर हुने जनाइएको छ ।
सम्झौतामा फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी र माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाइन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशत (बढीमा ३०० रुपैयाँसम्म) को क्यासब्याक पाउन सक्नेछन् । दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी ३ महिनाका लागि उक्त क्यासब्याक योजना ल्याइएको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4