
काठमाडौ । अभिनेत्री स्वस्तिमा खड्कालाई पपुलर अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ । काठमाडौंमा आइतबार आयोजित नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा उनलाई उक्त उपाधि दिइएको हो ।
मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्वीन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ललाई सम्मान प्रदान गरियो ।
आइकोनिक पपुलर मोडल अवार्डबाट मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेनमेन्ट इन्डस्ट्री अवार्डबाट सुक्निता चौलागाईंलाई सम्मान दिइएको थियो ।
एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्वीन अफ एभरग्रिन भ्वाइस अवार्डबाट गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धीरज राईलाई सम्मान गरिएको थियो ।
आयोजक संस्थाकी प्रबन्ध निर्देशक हिमानी सुब्बाले नेपाली चलचित्र, सांगीतिक क्षेत्रसँगै फेसन एंव मोडलिङ क्षेत्रको व्याक्तित्वलाई सम्मान गर्ने उद्देश्य पूरा भएको बताइन् ।
प्रतिक्रिया 4