
काठमाण्डौं । हिजो हुन्डाई नेपालले ‘बी (भी) दि चेन्ज’ अभियान अन्तर्गत टेकुस्थित पचली भैरव मन्दिर परिसर सरसफाइ गरेको छ ।
पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ ।
हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कुल र मन्दिर परिसरमा रंग पनि लगाइएको कम्पनीको भनाइ छ ।
कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा सरसफाइको सवालमा समुदायको आवश्यकतालाई हेरेर आयोजना गरिएको थियो।
कम्पनीका अनुसार यो अभियान हुन्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको कार्यक्रम हो । यो अभियानमा बी (भी) को अर्थ आजको दिनमा कार्बन न्युट्रालिटीको पर्याय नै बनेको “ब्याट्री इलेक्ट्रिक भेहिकल” हो भने ‘बी (भी) दि चेन्ज’ “परिवर्तनको सुरुवात आफैंबाट” भन्ने अवधारणालाई आत्मसाथ गर्दै ल्याइएको कम्पनीको भनाइ छ।
यो अभियान अन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4