
२६ भदौ, काठमाडौं । राप्रपा नेपालले भदौ २९ देखि गर्ने भनेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ ।
आइतबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले निर्वाचन आचार संहितालाई दृष्टिगत गरी मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको स्वरुप परिवर्तन गरेको बताएको छ । अब स्वाभिमान यात्राको सट्टा जिल्लाहरुमा चुनावी सभा गर्ने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
राप्रपा नेपालले वीरगञ्जमा असोज पहिलो साता हुने तय गरेको पार्टीको राष्ट्रिय भेला मकवानपुरको हेटौंडामा सारेको छ ।
त्यस्तै उपाधयक्ष जयकुमार खड्काको संयोजकत्वमा काठमाडौं उपत्यकास्तरीय निर्वाचन समन्वय समिति गठन गरिएको प्रवक्ता आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4