२६ भदौ, काठमाडौं । उदीयमान खेलाडीलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले ५ वर्षअघि स्थापना गरिएको शिरीष फाउण्डेशनले बक्सिङ्ग खेलाडी सुष्मा तामाङलाई सहयोग गर्ने भएको छ ।
सुष्मा र पौडी खेलाडी शिरीष गुरुङ्गको नाममा स्थापित फाउन्डेसनबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा फाउण्डेशनका तर्फबाट कोषाध्यक्ष एवं शिरिषकी आमा सपना गुरुङ्ग र खेलाडी सुष्मा तामाङले हस्ताक्षर गरे ।
सम्झौता अनुसार फाउण्डेशनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेलपो शाक उपलब्ध गराउने, प्रशिक्षण तथा प्रतियोगिताको दौरान घाइते भएमा अन्य तेश्रो पक्ष वा अस्पतालसँग सम्झौता गरि उपचारको ब्यवस्था गर्ने, हौशलाका लागि मासिक १५ हजार उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामाग्री उपलब्ध गराउने छ ।
यस्तै प्रतियोगितामा सहभागी हुँदा निर्दिष्ट पोशाक मात्र (राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा बाहेक) प्रयोग गर्ने, उत्कृष्ठ खेल प्रदर्शन गरेमा बिशेष पुरस्कारको व्यवस्था गरिने पनि सम्झौतामा उल्लेख छ ।
सम्झौता हाललाई व बर्षका लागि कायम रहने र उत्कृष्ट खेल प्रदर्शन गरेको खण्डमा दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने छ ।
प्रतिक्रिया 4