+

फुल कन्ट्याक्ट करातेमा अफताब र प्रिन्सलाई स्वर्ण

२०७९ भदौ  २६ गते १९:४९ २०७९ भदौ २६ गते १९:४९
फुल कन्ट्याक्ट करातेमा अफताब र प्रिन्सलाई स्वर्ण

२६ भदौ, काठमाडौं । बाग्मती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे ।

पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दूधराजलाई हराएका हुन, भने पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङतान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जिते ।

नेपाल आईएफकेके संघद्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि प्रदेश १ की सलिना खालिङ राई तथा ५० केजीमुनि बागमतीकी रिना माझीले बागमतीकी निङमा तामाङलाई पाखा लगाउँदै पहिलो भए ।

सबै प्रतिस्पर्धामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार वितरण भएको संघले जानकारी दिएको छ । विजेतालाई पूर्व सांसद् रामकृष्ण चित्रकार, आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठ, शाखा अधिकृत प्रेम लामाले कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय