
२७ भदौ, वीरगञ्ज । सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
उनलाई पूर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका १० नयाँरोड चोकमा सोमबार बिहान ४ बजे हेटौंडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नं. को ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीले ट्रकका चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने ३७ वर्षीय ललित चौधरीलाई पक्रेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4