
२७ भदौ, काठमाडौं । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् ।
माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् ।
उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ ।
उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4