
२७ भदौ, काठमाडौं । एलिजावेथ द्वितीयको निधनले बेलायत अझै शोकमै छ । तर यही बेला बेलायती राजतन्त्रको अधीनमा रहेका कतिपय देशहरुले भने त्यो अधीनबाट छुट्टी लिन खोजेका छन् ।
टाइम म्यागजिनका अनुसार क्यानडा, न्युजिल्यान्ड, अष्ट्रेलिया, बेलिज, जमाइका, टुभालु, पपुवा न्युगिनी, सोलोमन आइल्यान्डमा बेलायती राजतन्त्रबाट मुक्त हुनुपर्ने माग उठिरहेको हो । नयाँ राजा चार्ल्स तृतीयको आगमनले यो बहसलाई अझै सघन बनाउने निश्चित छ ।
अष्ट्रेलियाको ग्रीन पार्टीका आदम ब्रान्ड्टले रानीको निधनमा दुःख प्रकट गर्दै अब आफ्नो देशलाई नयाँ परिस्थितिको लागि तयार हुन र अगाडिको बाटोबारे निर्णय लिन प्रेरणा मिल्ने बताए ।
न्युजिल्यान्डकी इतिहास प्रोफेसर केटी पिकल्सले आफ्नो समाजको नयाँ पुस्ताका लागि राजतन्त्र अनावश्यक र महत्वहीन बन्दै गरेको यथार्थ बुझ्नुपर्ने बताइन् । ‘एलिजावेथसँग जुन अपिल र आकर्षण थियो, सायद अहिलेका राजारानीमा त्यो नहोला,’ उनले भनिन् ।
माथि उल्लेखित देशका नागरिकहरुले अब बेलायती राजतन्त्रलाई कसले नेतृत्व गर्दैछ भन्ने कुरालाई महत्व दिनुसाटो भविष्यको योजना बुन्ने गतिविधि गर्नुपर्ने मत बलियो बनाउँदै लगेका छन् । यस्तै क्यारेबियाली देशहरुमा पनि राजतन्त्रविरोधी भावना बढ्दै गएको टाइम म्यागजिनले भर्खरै लेखेको छ । धेरैले लेखेका छन्, ‘मृत्युले दुःख मात्रै ल्याउँदैन, बहस र तर्कहरु पनि ल्याउँछ ।’
समाचारहरु यस लिंकमा पढ्न सकिन्छ ।
प्रतिक्रिया 4