+
+

चलनचल्तीमा रहेको नोट एक महिनामै १६ अर्बले घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १४:५५
फाइल तस्वीर

२७ भदौं, काठमाडौं । एक महिनामै चलनचल्तीमा रहेको (नगद सर्कुलेसन) १६ अर्ब भन्दा बढीको नोट घटेको छ । विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबार (डिजिटल बैंकिङ) मा भएको विस्तारसँगै नगद कारोबार क्रमशः घट्दै गएको छ । नगद कारोबार घट्दै जाँदा नगद सर्कुलेसनसम्म घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

१ कार्तिक २०७८ मा ७ खर्ब २८ अर्बको नगद सर्कुलेसन रहेकोमा पछिल्लो समय नगद सर्कुलेसन घट्दै गएको गभर्नर महाप्रसाद अधिकारी नै बताउँछन् । राष्ट्र बैंककको प्रकाशित तथ्यांक अनुसार पनि असोज २०७८ मा ७ खर्ब १३ अर्ब ९८ करोड नाघेको नगद सर्कुलेसन २०७९ साउनमा ५ खर्ब ९९ अर्ब ९८ करोडमा झरेको छ । डिजिटल बैंकिङमा फड्को मार्दा नगद सर्कुलेसन घटेको राष्ट्र बैंकका गभर्नर महाप्रससाद अधिकारी बताउँछन् ।

साउनसम्म नगद सर्कुलेसन घटेको भएपनि भदौबाट राष्ट्र बैंक्ले चाडपर्व लक्षित नयाँ नोट सटही सुरु गरेको र चाडवार्डमा अझै पनि नगदको प्रयोग उच्च हुने हुँदा अबको केही महिना भने नगद सर्कुलेसनमा वृद्धि हुनेछ ।

संघीय संसद अन्तरगतको अर्थसमितिले आयोजना गरेको एक छलफलमा गभर्नर अधिकारीले डिजिटल बैंकिङ विस्तार हुँदै जाँदा नगद सर्कुलेसन समेत घटेको बताएका थिए ।

‘डिजिटलाइजेसनको कन्सेप्ट कोभिड-१९ अगाडि र पछाडि आकाश जमिनको फरक छ । कोभिड अगाडि क्यूआर पेमेन्टको कन्सेप्ट नै थिएन । केही कतै मात्रै थियो । तर, २०७९ असारमा एक महिनामै ४२ लाख वटा कारोबार क्यूआरको माध्यमबाट भएको छ’ गभर्नर अधिकारीकारीले अर्थ समति बैंठकमा भनेका थिए । डिजिटल बैंकिङमा एक वर्षमै यति ठूलो फड्को अन्यत्र कतै नभएको उनले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?