+

स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु, श्रीलंकासँगको खेल गुमाउने

२०७९ भदौ  २७ गते १५:२९ २०७९ भदौ २७ गते १५:२९
स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु, श्रीलंकासँगको खेल गुमाउने

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ । साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।

‘उनलाई डेंगु संक्रमण प्रमाणित भएको छ । आजको खेलमा हाम्रा एक महत्वपूर्ण खेलाडी मैदान उत्रिने छैनन्,’ प्रशिक्षक कुमार थापाले बताए ।

थापाका अनुसार आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् । ‘उनलाई ज्वरो छ । अब यो खेल त खेल्न सक्दिनन्, अरु बाँकी खेलमा उनको रिकोभरी कस्तो हुन्छ त्यहि अनुसार हुनेछ,’ उनले भने ।

पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्ने छ । बेलुकी ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन यो खेल ४ गोल अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।

समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगेका छन् ।

साफ महिला फुटबल सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय