२७ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकासँग खेल्दै छ । यो खेलका लागि नेपाली टिममा २ परिवर्तन गरिएको छ ।
पहिलो खेलमा भुटानविरुद्ध खेलकी फरवार्ड सावित्रा भण्डारी मैदानमा देखिने छैनन् । भुटानविरुद्ध २ गोल गरेकी उनलाई डेंगु संक्रमण भएको छ ।
यस्तै अर्की फरवार्ड अमिसा कार्कीलाई पनि प्रशिक्षक कुमार थापाले बेञ्चमा राखेका छन् ।
उनीहरुको ठाउँमा रेखा पौडेल र रश्मिकुमारी घिसिङलाई पहिलो रोजाइमै मैदान उत्रने छन् ।
श्रीलंकासँगको खेल ४ गोल अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।
प्रतिक्रिया 4