
२७ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विजुली पुग्ने बताएकी छन् ।
सोमबार काठमाडौंमा युएनडीपीको मानव विकास प्रतिवेदन सन् २०२१/२०२२ सार्वजनिक कार्यक्रममा मन्त्री भूसालले हालसम्म ९५ प्रतिशत नेपालीमा विजुलीको पहुँच रहेको बताइन् ।
‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाइ कार्यान्वयन भइरहेको छ । यसबाट जनताले स्वच्छ उर्जाको प्रयोग गर्न पाउनेछन्, जसले गर्दा उर्जामा पेट्रोलियम पदार्थको खपत घट्नेछ’ उनले भनिन् ।
सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको पनि मन्त्री भुसालले बताइन् ।
यो आर्थिक वर्षको अन्त्यसम्म करिव १६ अर्ब रुपैयाँको विद्युत व्यापार हुने प्रक्षेपण गरेको पनि उनले बताइन् । यसवर्ष विजुलीको आन्तरिक खपत करिव २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३५१ युनिट रहेको पनि उनले जानकारी गराइन् ।
प्रतिक्रिया 4