
काठमाडौं । विश्वकै प्रतिष्ठितमध्येको एक टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल क्यानडामा सुरु भएको छ । अघिल्ला दुई वर्ष कोरोना महामारीले हुन नसकेको फेस्टिभल यसपटक भौतिक जमघटमै हुन लागेको हो ।
भेनिस फेस्टिभल सकिएको एक सातामै अर्को चर्चित फेस्टिभल सुरु भएको हो । कान्स, भेनिस, ओस्कार लगायतका फेस्टिभलमा जितेका फिल्मले नै ओस्कार अवार्डमा दबदबा जमाएको इतिहास छ ।
बेलायती लेखक ज्याक थ्रोनद्वारा लिखित फिल्म ‘द स्वीमर्स’को प्रिमियरँगै टोरन्टो फेस्टिभल सुरु हुँदैछ । मोटर डुंगा चढेर देशबाट भाग्न खोज्ने दुई सिरियाली दिदीबहिनीको कथा फिल्मले भन्छ ।
‘नाइभ्स आउट’को सिक्वेल ‘ग्लास अनिवन’ पनि देखाइँदैछ । यो फिल्मले हराएका राजा रिचर्ड तृतीयको कंकाल खोज्न गरिएको खोजको कथा भन्छ । स्टिभन स्पिलवर्डको अटोबायोग्राफिकल फिल्म ‘द फेलिबमन्स’ पनि टोरन्टोमा प्रिमियर हुँदैछ ।
टेलर स्वीफ्ट र ह्यारी स्टाइलजस्ता विश्वचर्चित संगीतकर्मी पनि यसपटक टोरन्टोमा उपस्थित भएका छन् । ह्यारी अभिनित फिल्म माई पुलिसम्यान यसपटक प्रिमियर हुनेछ भने स्वीफ्टको छोटो फिल्म अल टु वेल पनि देखाइँदैछ ।
क्यानडाको सबैभन्दा ठूलो सहरमा ११ दिनसम्म चल्ने फेस्टिभलमा २४० जति फिल्म प्रदर्शन हुनेछन् । टोरन्टोमा कुनै जुरी मनोनित गरिएको छैन, बरु फिल्म हेरेका दर्शकले नै मतदान गर्नेछन् ।
तस्वीरहरु
प्रतिक्रिया 4