+

मंगलबार र बुधबार दशरथ रंगशालामा सेल्फ डिफेन्स सेमिनार हुने

२०७९ भदौ  २७ गते २०:०८ २०७९ भदौ २७ गते २०:०८
मंगलबार र बुधबार दशरथ रंगशालामा सेल्फ डिफेन्स सेमिनार हुने

२७ भदौं, काठमाडौं । नेपाल मार्शल सेल्फ डिफेन्स संघले मंगलबार र बुधबार अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार तथा हिमालयन हल अफ फेम २०२२ गर्ने भएको छ ।

२०७२ सालमा स्थापना भएको संघले विद्यालय तहका बालिकाहरुलाई सेल्फ डिफेन्स सिकाउँदै आएको छ ।

सेमिनारमा सेल्फ डिफेन्स तालिम समेत दिईने संघकी प्रमुख प्रशिक्षक सन्जु महर्जनले जानकारी दिईन् ।

सो तालिममा रुची हुने विद्यालय तहका बालिका तथा किशोरीले तालिममा सहभागी हुन पाउनेछन् । तालिम मंगबार साढे १२ बजेदेखि दशरथ रंगशालाको कबर्ड हलमा हुने आयोजकले जनाएको छ ।

नेपाल मार्शल सेल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय